हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ मेला सुरु भएको छ। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.को आयोजनामा तीन दिने विशेष प्रदर्शनी तथा टेस्ट ड्राइभ कार्यक्रम सञ्चालनमा आएको हो।
स्थानीय ग्राहकहरूलाई टोयोटाका आधुनिक मोडेलहरूसँग प्रत्यक्ष परिचित गराउने र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। चैत १४ गतेसम्म सञ्चालन हुने मेलामा अटो उत्साही तथा सम्भावित खरिदकर्ताहरूले विभिन्न गाडीहरूको अवलोकनका साथै टेस्ट ड्राइभ गर्न सक्नेछन्।
मेलामा टेस्ट ड्राइभ गर्ने सहभागीहरूका लागि आकर्षक उपहारको व्यवस्था गरिएको छ। साथै, नयाँ गाडी खरिद वा पुरानो गाडी साट्न चाहने ग्राहकहरूलाई लक्षित गरी विशेष अफरहरू समेत ल्याइएको छ। यस्ता अफरहरूमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, निःशुल्क बीमा, सरल बैंकिङ सुविधा र रोड ट्याक्ससम्बन्धी सहुलियत समावेश छन्।
हेटौंडा तथा आसपासका ग्राहकहरूलाई टोयोटाको प्रविधि र सेवाबारे विस्तृत जानकारी दिँदै सहज रूपमा गाडीखरिद गर्ने वातावरण सिर्जना गर्न यो मेला प्रभावकारी हुने कम्पनीको विश्वास छ।







