डेंगु संक्रमितको संख्या मकवानपुरमा ५ हजार नाघ्यो

हेटौंडा/मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ४५ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ४५ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार २ हजार ८०० जना पुरुष र २ हजार २४५ जना पुरुष गरी ५ हजार ४५ जना महिला संक्रमित रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा २ हजार २०० जना पुरुष र १ हजार ७५५ जना महिला गरी ३ हजार ९५५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ३८७ जना पुरुष र ३३६ जना महिला गरी ७२३ जना, थाहानगरपालिकामा ९४ जना पुरुष र ५३ जना महिला गरी १४७ जना, मकवानपुरगढी गाउँपालिकामा ४२ जना पुरुष र २८ जना महिला गरी ७० जना, भीमफेदी गाउँपालिकामा १७ जना पुरुष र २० जना महिला गरी ३७ जना रहेका छन् ।

यसैगरी, बकैया गाउँपालिकामा १२ जना पुरुष र २४ जना पुरुष गरी ३६ जना, राक्सिराङ गाउँपालिकमा १५ जना पुरुष र ४ जना महिला गरी १९ जना, बागमती र कैलाश गाउँपालिकामा ४र४ जना पुरुष र ३÷३ जना महिला गरी ७÷७ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र १३ जना महिला, अन्य जिल्लाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *