हेटौँडा, हेटौंडामा सडक विस्तारको विरोध चर्किएका कारण स्थानीय घरधनीहरू आजबाट सडक आन्दोलनमा उत्रिएका छन्। उचित मुआब्जा तथा क्षतिपूर्ति बिना व्यक्तिगत सम्पत्ति भत्काउन लागिएको भन्दै उनीहरूले हेटौंडाको मुख्य बजार क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
राप्ती रोड, मेन रोडलगायत क्षेत्रका घरधनी तथा व्यवसायीहरूले जुलुससहित सडकमा उत्रिएर ‘नागरिकलाई उठिबास लगाउन पाइँदैन’, ‘बिना विकल्प डोजर आतंक बन्द गर’, ‘व्यवसायीको उचित व्यवस्थापन गर’ जस्ता नारासहित विरोध जनाए।
उता, घरधनीहरूको तर्फबाट आन्दोलन नेतृत्व गर्दै आएका मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने, भुवनलाल श्रेष्ठ, स्थानीय घरधनी प्रकाश ढकाल, केदारप्रसाद न्यौपाने लगायतले अपराह्न पत्रकार सम्मेलन गरेर क्षतिपूर्ति दिएर मात्र संरचना भत्काउन अनुमति दिने स्पष्ट बताएका छन्। भोलिदेखि निरन्तर आन्दोलन गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ।
सरकारले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौंडा बजार क्षेत्रमा केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५–२५ गज सडक विस्तार गर्ने तयारी गरिरहेको छ। उक्त निर्णयले सयौँ घर भत्किने र मानिस सुकुम्बासी हुने स्थिति सिर्जना हुने भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।
घरधनीहरूको माग अनुसार बजार क्षेत्रमा सडक चौडाइ १६ मिटर कायम गर्नुपर्ने वा वैकल्पिक रूपमा बाइपास सडक निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ। उचित मुआब्जा र क्षतिपूर्ति सुनिश्चित नभएसम्म डोजर चलाउन नदिने चेतावनी दिँदै हेटौंडा–२ चौकिटोलका घरधनी किशोर ढकालले सरकारको योजना पुनर्विचार गर्न आग्रह गरेका छन्।
ADVERTISEMENT