हेटौंडा, हेटौंडाको टिसिएन चौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा चर्चित गायिकाहरु शान्ति रानी परियार, टिका प्रसाई, सुमन बिटि, मन्जु पौडेल लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवमा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ हेटौंडा आइडल, राष्ट्रिय कलाकारहरुको प्रश्तुती, दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी, सामुन्द्रिक माछाहरुको वृहत प्रदर्शनी, बहुराष्ट्रिय कम्पनीको उत्पादनको विक्री तथा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता, मनोरञ्जनात्मक बाल उद्यान लगायत रहेका छन् ।







