साविक विजेता पिप्ले ज्वलाखेलसँग भिड्ने

हेटौंडा बुधबारबाट राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण सुरु भएको छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा साविक विजेता पिप्ले युवा क्लब हेटौंडाले सेमिफाइनल प्रवेशको लागि ज्वलाखेल युथ क्लवसँग भिड्ने भएको छ । उक्त प्रतियोगिता माघ २९ गते हुनेछ ।

बुधबार भएको उद्घाटन खेलमा ज्वलाखेलले एपिएफलाई १–० को गोल अन्तरले पराजित गरेको हो । विजयी शुरुवात गरेको ज्वलाखेलले क्वाटरफाइनल खेलमा साविक विजेता पिप्ले युवा क्लवसँग सामना गर्दैछ । बागमती गोल्डकपको पाँचौ र छैठौ संस्करण विजेता पिप्ले युवा क्लबले जितेको थियो । पिप्लेले पाचौँ संस्करणमा आयोजक टिम बागमती युवा क्लबलाई पराजित गरेको थियो भने छैठो संस्करणमा ए डिभिजन लिग बिजेता मच्छिन्द्रलाई हराउँदै उपाधि जितेको थियो । सातौ संस्करणको उपाधि पनि पिप्लेले जित्न सके उपाधिमाथि ह्याट्रिकसँगै ट्रफीमाथि सदाका लागि कब्जा जमाउने छ ।

७ फागुणमा फाइनल खेल हुने यस प्रतियोगितामा विभागीय, ए डिभिजन, मोफसल, पाहुना र आयोजक गरेर १२ वटा टिमले सहभागिता जनाएका छन् । आयोजकका अनुसार नेपाल पुलिस क्लब र एपिएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, साबिक विजेता पिप्ले युवा क्लब, सुदूरपश्चिम– ११, धनगढी, धरान फुटबल क्लब धरान, नवजनजागृति फुटबल क्लब सिमरा, पाहुना टोली युनाइटेड कुर्सेङ फुटबल क्लब दार्जिलिङ र आयोजक बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले १० लाख र राजर्षि रनिङ शिल्ड तथा उपविजेता टिमले नगद पाँच लाख प्राप्त गर्ने छ ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button