हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जारी थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल संस्करण पूरा भएको छ । शुक्रबार सम्पन्न खेलबाट प्रतियोगिताको क्वाटरफाइनल संस्करण पूरा भएको आयोजक पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

सेमिफाइनल प्रवेशको लागि भाद्र १५ गते रामचन्द्र कार्की र बिमल विष्टको टिमले कविन्द्रओड र प्रकाश चौधरीको टिमसँग प्रतिस्पर्धा गर्ने छन् । यसैगरी भाद्र १५ गते सेमिफाइनल प्रवेशको लागि संग्राम खत्री र मधुसुदन चौधरीको टिमले इशाक केसी र नरेन्द्र लामाको टिमसँग, देवकुमार अर्याल र नरेन्द्र मुक्तानको टिमले रोशन गोपाली र घनश्याम श्रेष्ठको टिमसँग प्रतिस्पर्धा गर्ने छन् । यसैगरी सेमिफाइनल प्रवेशको लागि सुबास थापा र सम्राज पाख्रिनको टिमले नारायण विष्ट र हरि विष्टको टिमसँग प्रतिस्पर्धा गर्ने पालुङ जेसीजका अध्यक्ष रायमाझीले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल भाद्र १५ गते नै हुने आयोजकले जनाएको छ । १३ टिमले सहभागिता जनाएको प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजना गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् । प्रतियोगिताका लागि फरक सोच र थाहानगर ब्याडमिन्टन सङ्घले समन्वय गर्ने छ । प्रतियोगिताको फाइनल खेल भाद्र १५ गते हुने आयोजकले जनाएको छ ।







