पत्रकारितामा प्रविधि, लैङ्गिक संवेदनशीलता र पर्यापर्यटन प्रवर्द्धनसम्बन्धी तालिम सम्पन्न

हेटौंडा, पत्रकारितामा प्रविधिको प्रयोग, लैङ्गिक संवेदनशीलता तथा पर्यापर्यटन प्रवर्द्धन विषयक एकदिने तालिम हेटौंडामा सम्पन्न भएको छ। सुनौलो सिसौट नेपालको आयोजनामा तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा तालिम सम्पन्न भएको हो।

ADVERTISEMENT

इन्टरनेशनल एलर्टको सहयोगमा आयोजित तालिममा पत्रकार रुपेश श्रेष्ठ र मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक डा. निमेश निखिलले प्रशिक्षण दिनुभएको थियो। पत्रकार श्रेष्ठले पत्रकारितामा प्रविधिको प्रयोग तथा लैङ्गिक संवेदनशीलताका विषयमा प्रशिक्षण दिनुभएको थियो भने प्राध्यापक डा. निखिलले भाषाको प्रयोगसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहोरा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंहलगायत विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *