स्लो बाइक रेसमा सदासंकर प्रथम

हेटौंडा, हेटौंडा जेसीजले विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम मनाइरहेको छ । जसअन्तरगत आज भएको स्लो बाइक प्रतियोगितामा सुकदेव सदासंकर प्रथम, गोपाल थापा दास्रो र कमल घलान तेस्रो हुन सफल भएका थिए ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममाको संयोजन विश्वप्रसाद गौतमले गरेका हुन् । विहान हेटौंडा–४ हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यस्तै आज भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईँको प्रमुख आतिथ्यतामा भएको हो । रक्तदान कार्यक्रमको संयोजन विकेक बानियाँले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *