चौघडामा सामुदायिक वन सम्वन्धि अन्तरक्रिया

हेटौंडा,सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा शनिवार रानी सामुदायिक वनको सभाहलमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमका सहभागीहरुले सामुदायिक वनले भोगेका समस्याहरु, विधान तथा कार्ययोजना नवीकरण गर्दा परेका कठिनाईहरु, वनपैदावार संकलन गर्न
परेका अप्ठेराहरु, समय समयमा परिवर्तन भैरहने वन ऐन तथा निमयावली, समूहमा आईपरेका आर्थिक कठिनाईहरु, राजनैतिक पूर्वाग्रह, सार्वजनिक जग्गाहरु, वन सिमानामा परेका वादविवादहरु लगायतका विषयहरुमा धारणाहरु ब्यक्त गरेका
थिए ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिनाले उपभोक्ताहरुको सक्रियताका कारण नेपालको सामुदायिक वनले विश्वमा सकारात्मक सन्देश दिएको बताए । उपमहानगरपालिका सामुदायिक वनको विकासको लागि सदैव सहयोग गर्ने बताउदै सामुदायिक वनले संस्थागत विकास, आयआर्जन र वन ब्यवस्थापनमा काम गर्नु पर्नेमा जोड दिए ।

महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघ, बागमती प्रदेशमा सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, सहजकर्ता सन्ध्या शिवाकोटी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान लगायत विभिन्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button