एपिएफको जितमा नगरकोटी हिरो

हेटौंडा, डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा पराजित गर्दै एपिएफ क्लव हेटौंडामा जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार भएको क्वाटरफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा ४–२ गोल अन्तरले पराजित ग¥यो ।

ADVERTISEMENT

निर्धारित ९० मिनेटको समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । ट्राइबेकरमा एफिएफका गोल रक्षक राजु नगरकोटीले आर्मीका नवयुग श्रेष्ठ र दीपक गुरुङको बल रोक्न सफल भए । आर्मीको तर्फबाट टेक बुढाथोकी र विकास खवासले गोल गर्न सफल भए । यता एपिएफको तर्फबाट नवीन लामा, सुदिप शिखाकार, सनिश श्रेष्ठ र दिपेश धिमालले गोल गरेका थिए । प्रतियोगितामा एपिएफको गोल रक्षक नगरकोटी म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा भोली शुक्रबार मनाङ मस्याङ्दी क्लव र मकवानपुर ११ बीच खेल हुनेछ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya