श्रमिकले हीरक जयन्ती  मनाउने

हेटौँडा, हेटौँडा–४ मा रहेको श्रमिक माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सवको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । पुस ९ गतेदेखि १४ गतेसम्म जिल्ला स्तरीय, नगरस्तरीय र विद्यालय स्तरीय विभिन्न कार्यक्रम आयोजना गरी हीरक जयन्ती मनाउने तयारी गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

ADVERTISEMENT

वार्षिकोत्सवको अवसरमा विद्यालयले जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ, जिल्लास्तरीय चित्रकला प्रतियोगिता, नगरस्तरीय छात्र फुटबल, वडास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, अभिभावक अभिमुखीकरणसहित विभिन्न खेलकूद र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *