हेटौँडा, बागमती प्रदेश प्रमुखको उपस्थितिमा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर समक्ष बस्नेतले शपथ लिनुभएको हो।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित शपथ समारोहमा प्रदेश प्रमुख, उच्च अदालत पाटनका मुख्य न्यायाधीश, प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेश सरकारका सचिवहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।







