क्यानका कार्यवाहक सचिव पाठकमाथि हेटौंडामा अज्ञात समूहले छ्यापे मोबिल

हेटौंडा, मकवानपुरमा नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ। शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन्।

ADVERTISEMENT

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक कार्कीले जानकारी दिए। ‘खाना खाइरहेको बेलामा आएका दुई जनाले छ्यापेर भागेका छन्,’ उनले भने।
केही मोबिल पाठकको कपडामा लागेको छ।

घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको छ। प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको छ।(स्रोतः सेतोपाटी)

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya