नेपाली कांग्रेसका महामन्त्री गगन थापा हेटौंडा आउने

हेटौँडा, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी भाद्र २४ गते हेटौंडा आउने भएका छन् ।
१ सय १२ औं वीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं–१ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा हेटौंडा आउने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

ADVERTISEMENT

प्रदेशसभा क्षेत्र नं–१ ‘ख’ का सभापति राजेश बानियाँले महामन्त्री थापासँगै कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुने बताए । कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रबाट करिब दुई हजार कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

त्यसैगरी, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उक्त कार्यक्रम नीतिगत नभई सन्देशमूलक हुने स्पष्ट गरे । उनका अनुसार महामन्त्री थापाले समसामयिक राजनीतिक परिस्थिति, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तथा आसन्न भारत भ्रमणबारे धारणा राख्नेछन् भने कोषाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा देखिएका चुनौती र सम्भावनाबारे प्रस्तुत गर्नेछन् । पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, प्रवक्ता अर्जुन चौलागाईं लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *