प्रगति माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव सुरु

हेटौँडा, हेटौँडा–९ पशुपतिनगरस्थित प्रगति माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती महोत्सव आयोजना गरेको छ।

ADVERTISEMENT

आज शनिबारदेखि सुरु भएको महोत्सवका अवसरमा विद्यालयले स्वर्ण स्तम्भ निर्माण, संस्थापक प्रधानाध्यापक स्वर्गीय राधादेवी शाहको प्रतिमा अनावरण, स्मारिका प्रकाशन, विद्यालय गान सार्वजनिकीकरण, शिक्षक सम्मेलन, साहित्य सम्मेलनलगायत विविध कार्यक्रमहरू सञ्चालन गर्ने शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीका अनुसार पौष २६ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमार्फत विद्यालयको शैक्षिक, सामाजिक तथा सांस्कृतिक योगदानलाई उत्सवका रूपमा प्रस्तुत गरिनेछ। स्वर्ण जयन्ती महोत्सवअन्तर्गत आयोजित जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगितामा मकवानपुर जिल्लाका १९ वटा विद्यालयले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ।

कार्यक्रम तालिकाअनुसार पौष २६ र २७ गते जिल्ला स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, माघ २ गते छात्रा भलिबल प्रतियोगिता, माघ ३ गते शिक्षक सम्मेलन तथा माघ ४ गते विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना हुनेछन्। त्यस्तै, माघ ५ गते विद्यार्थीहरूको साइकल यात्रा, मानवसेवा आश्रमलाई सहयोग तथा सरसफाइ अभियान सञ्चालन गरिनेछ।

माघ ६ गते उद्घाटन समारोहसँगै स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, शैक्षिक प्रदर्शनी, सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्। माघ ७ गते साहित्य सम्मेलन, माघ ८ गते अभिभावक–विद्यार्थी खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम हुनेछन् भने माघ ९ गते सरस्वती पूजा, संस्थापक प्रधानाध्यापकको प्रतिमा अनावरण र समापन समारोहसँगै स्वर्ण जयन्ती महोत्सव सम्पन्न हुने विद्यालयले जनाएको छ।

Advertisement 5

स्वर्ण जयन्ती महोत्सव सम्पन्न गर्न करिब २२ लाख रुपैयाँ अनुमानित खर्च लाग्ने प्रधानाध्यापक पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *