भारतको सहयोगमा निर्मित जनकल्याण विद्यालय भवन उद्घाटन

हेटौंडा, ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा थाहा नगरपालिकाको घट्टेचौरस्थित श्री जनकल्याण माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।३ करोड ७७ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको भवनलाई भारतीय राजदूतावास काठमाडौँका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति,मकवानपुरका प्रमुख ललित घलानले आज संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम २८ कोठे विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको एक सम्झौता अनुरूप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति,मकवानपुरले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै दूतावास काठमाडौका प्रथम सचिब बशिष्ठ नन्दनले यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै दुई देशबिचको यो साझेदारीले पछिल्ला वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबिचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा बिशिस्ट अतिथी रहेका थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले धेरै बर्षको निरन्तर प्रयास बाट विद्यालयको भवनले मुर्त रुप लिएको बताउदै भारतिय दुताबासले थाहा नगरपालिकाको शिक्षा क्षेत्रमा गरेको लगानीलाई नगरपालिकाले उच्च सम्मान गर्ने बताए। २०६९ सालमा सम्झौता भएको विद्यालय भवन निर्माण गर्नकोलागि विभिन्न समयमा ठेक्का सम्झौता रद्द गर्दै पुन ठेक्का लगाउदै १२ बर्षमा भवन निर्माणले पुर्णता पाएको उल्लेख गर्दै जिल्ला समन्वय समिती मकवानपुरका अधिकारी शान्ती बिकले काम ढिला हुनुको कारण बारे जानकारी गराउनुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङ्तानले स्वागत गरेको कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशीले शुभकामना दिएका थिए। जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल,जनकल्याण एल्मुनाइएशोसियसनका अध्यक्ष निरन्जन अधिकारी,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ बहुउद्देश्यीयका अध्यक्ष कृष्ण बहादुर बिष्ट,जिल्ला समन्वय समितिका कर्मचारी हरु,जिल्ला समन्वय समितिका सदस्यहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरु शिक्षक विद्यार्थी लगाएत भारतिय दूतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Advertisement 5

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौँका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौँमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *