हेटौँडा, एसइई २०८१ को नतिजामा ४ जिपिए ल्याउन सफल अनुप्रस्था देवकोटालाई सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मान गरेको छ।
आज सम्पन्न सहकारीको १७औँ वार्षिक साधारणसभामा अनुप्रस्थालाई सम्मान गरिएको हो। कार्यक्रममा अनुप्रस्था अनुपस्थित रहेकाले उनका बुवा शैलेन्द्र देवकोटालाई सम्मानपत्र प्रदान गरिएको थियो। शैलेन्द्र देवकोटा सहकारीको लेखा समिति सदस्य हुनुहुन्छ ।
साधारणसभामा सहकारीका अध्यक्ष शम्भु नकर्मीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष दीपक देवकोटाले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य देवकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
हाल सहकारीमा ८३७ जना शेयर सदस्य आबद्ध रहेका छन्। सहकारीको शेयर पुँजी १ करोड ६ लाख रुपैयाँ रहेको छ भने बचत संकलन ३ करोड ८३ लाख ६० हजार रुपैयाँ, कर्जा लगानी २ करोड ७७ लाख ३५ हजार रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख रहेको छ ।
कार्यक्रममा ऊँ वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, सहकारीका सल्लाहकार फणिन्द्र तिमल्सिना, केदारलाल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो।







