हेटौँडा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सामाजिक अभियान सञ्जाल, हेटौँडा ४ को आयोजना, स्वतन्त्र विध्यार्थी युनियन, हेटौँडा क्याम्पसको व्यवस्थापन तथा ४ नं. वडा कार्यालयको विशेष सहयोगमा ‘सामाजिक विकासका लागि जातीय विभेद एक चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएका छ ।
कार्यक्रमका प्रमुख अथिति ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले मानवीय विभेद आज पनि समाजमा अवशेषको रूपमा रहेको सामाजिक विकासमा अवरोध र समस्याको रूपमा रहेको बताए। उनले कागजमा मात्र नभई व्यवहारमा नै विभेद अन्त्य हुनुपर्नेमा जोड दिए। विभिन्न शैक्षिक संस्थाबाट प्रतियोगितामा २३ जना प्रतियोगी विध्यार्थीहरूको सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम कृतिका लौडारी, कृषि तथा वन विश्वविध्यालय, द्वितीय आकृती घिमिरे, हेटौँडा क्याम्पस, तृतीय प्रकृति अर्याल सिद्वार्थ मावि, सान्त्वना रोशन लामिछाने, महेन्द्र किरण मावि भएका छन् । प्रतियोगीताका प्रथम् ५ हजार, द्वितीय ३ हजार,तृतीय २ हजार र सान्त्वना १र१ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गैसस, महिला नेतृ सुनिता दर्नाल, केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमलकुमार विश्वकर्मा, गैसस मकवानपुरका उपाध्यक्ष कुमारी वाईवा, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटौँडा ४ का अध्यक्ष श्रीराम दाहाल, वडा कार्यालयका सचिव टीका कंडेल, मकवानपुर क्याम्पसका स्ववियु सभापती छोईसाङ्ग लामा, स्ववियु हेटौँडा क्याम्पसका अध्यक्ष अभि मैनाली, सामाजिक अभियान सञ्जालका सचिव जोरोम घले, सञ्जालका सदस्यहरू सुनिरा लामा, सरू विश्वकर्मा, आधुनिक राष्ट्रिय माविका सहायक प्रअ दीपक अधिकारी, ईष्टु जिल्ला कार्यासमितिका सदस्य अनिल परियारलगायतको आथित्यता रहेको थियो । सञ्जालकी अध्यक्ष माया लामाको अध्यक्षतामा भएको निर्णायक मण्डलमा मनोज पोखरेल, बेदराज कोईराला, डिवि बर्तौला रहेका थिए ।







