हेटौँडा, बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार देवीप्रसाद घिमिरे र देवराज खरेललाई सम्मान गरेको छ ।
समाजले शनिबार हेटौंडामा एक समारोहका बीच भोजपुरका देवीप्रसाद घिमिरेलाई २५ हजार राशिसहित तुल्सी थापा स्मृति सम्मानमा सम्मानित गरेको हो । यसैगरी मकवानपुरका देवराज खरेललाई नगद २० हजार रुपैयाँसहित तोयानाथ रिजाल स्मृति सम्मानमा सम्मानित गरेको छ ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षता तथा बुढ्यौली साहित्यका अभियन्ता तथा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतम ९चट्याङ मास्टर० को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।







