हेटौँडा, हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतन विद्यालयले जितेको छ।

आज भएको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिका–८ मा रहेको रूपनारायण माध्यमिक विद्यालयलाई ३–२ को सेटमा पराजित गर्दै जीएस निकेतनले उपाधि चुमेको हो। सेमिफाइनल खेलमा जीएस निकेतनले कृष्ण आदर्श विद्यालयलाई पराजित गरेको थियो भने रूपनारायण माध्यमिक विद्यालयले आयोजक प्रगति माध्यमिक विद्यालयलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा कृष्ण आदर्श विद्यालय तृतीय भएको थियो।
जिल्लास्तरीय प्रतियोगितामा मकवानपुर जिल्लाका १९ वटा विद्यालयले सहभागिता जनाएका थिए।







