हेटौँडा, मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा पुनः सुशिल घिमिरे चयन भएका छन् । संघको १० औँ अधिवेशन तथा साधारणसभाबाट घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।
संघको प्रथम उपाध्यक्षमा उज्ज्वल शर्मा भण्डारी, द्वितिय उपाध्यक्षमा अनिल प्रसाद दाहाल, सचिवमा अमीत मानन्धर, कोषाध्यक्षमा राजन दाहाल, सह–सचिवमा विकल्प अधिकारी चयन भएका छन् । यसैगरी सदस्यमा श्याम मानन्धर, भूपेन्द्र विष्ट, एमिमोद्दिन अन्सारी, सुस्मीता तामाङ, ज्ञानेन्द्र महर्जन, दिपेश श्रेष्ठ, अनन्त ओझा चयन भएका छन् ।
संघका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश बोर्डका सदस्य सबिन भट्टाचार्यको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा







