मकवानपुरका १२ राजनीतिक दलले प्रतिष्ठानको वार्षिकोत्सव बहिष्कार गर्ने

हेटौंडा, मकवानपुरमा क्रियाशील १२ वटा राजनीतिक दलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

ADVERTISEMENT

प्रतिष्ठानले शुक्रबार हेटौंडामा चौथो वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा जिल्लामा क्रियाशील राजनीतिक दलले विरोधस्वरुप कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन् ।

दलहरुले बिहीबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने त्रुटीपूर्ण ऐनका दफाहरु खारेज नगरेसम्म प्रतिष्ठानले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ ।

ADVERTISEMENT

नेपाली कांग्रेस पार्टी कार्यालय हेटौंडा–२ मा बसेको बैठकको निर्णय भएअनुसार २०८१ असार १४ गते संचालन हुन गैरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको चौथो वार्षिक उत्सव कार्यक्रममा मकवानपुर जिल्लाका सम्पूर्ण निम्नअनुसारका राजनीतिक दलहरु सहभागी नहुने संयुक्त विज्ञप्ती मार्फत् जानकारी गराएको छ ।

साथै हाम्रा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु निरन्तररुपमा अगाडी बढिरहने जनाइएको छ ।

ADVERTISEMENT

बैठकमा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष भीम पाख्रिन, राष्ट्रिय स्वतन्त्र पार्टीका किशोर अर्याल, नेकपा एकीकृत समाजवादीका विष्णुप्रसाद दाहाल, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, राप्रपाका अर्जुनप्रसाद गौतम, नेकपाका राम सि, जनता समाजवादीका दीपक सिन्तान, नेकपा मालेका हरि अधिकारी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका सद्धाम हुसेनलगायत सहभागी थिए ।

जिल्लामा रहेको नेकपा एमालेका बाहेकका दलहरुले संगठित रुपमा हेटौंडा प्रादेशिक अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघीय कानून विपरित प्रदेश ऐन २०७६ जारी गरी गाभ्ने निर्णयको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै आइरहेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya