जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मकवानपुरका तीन उत्कृष्ट विद्यार्थी छनौट

हेटौँडा, प्याब्सन मकवानपुरद्वारा आयोजना गरिएको जिल्लास्तरीय एकल गायन प्रतियोगिताबाट तीन जना उत्कृष्ट विद्यार्थी छनौट भएका छन्।

ADVERTISEMENT

सोमबार भएको छनौट प्रतियोगितामा जिल्लाका सात वटा विद्यालयबाट १२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताबाट बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका आरमन कार्की, प्रसिद्धि लामिछाने तथा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीकी अक्सा खातुन उत्कृष्ट तीनभित्र पर्न सफल भएका हुन्। प्रतियोगितामा उत्कृष्ट छनौट भएका तीनै जना विद्यार्थीलाई जनही नगद दुई हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा ईश्वर खड्का, पूर्णविक्रम अधिकारी र सुनिता बुर्लाकोटी रहनुभएको थियो। छनौट भएका विद्यार्थीहरूले यही पुस ३० गते भक्तपुरमा आयोजना हुने प्याब्सन बागमती प्रदेशस्तरीय एकल गायन प्रतियोगितामा मकवानपुरको प्रतिनिधित्व गर्नेछन्। उक्त प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ५९ जना विद्यार्थीहरूको सहभागिता रहने जनाइएको छ।

ADVERTISEMENT

प्याब्सन मकवानपुरका सचिव विष्णुहरी सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्याब्सन मकवानपुरका संस्थापक अध्यक्ष तथा सल्लाहकार ऋषिराम आचार्य, हेटौँडा नगर प्याब्सन अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष श्यामकुमार बानियाँ, सचिव सुदिपराज गिरीलगायतको आतिथ्य रहेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya