हेटौँडा, ३९ औँ लागूऔषध ओसारपसार विरुद्धको सप्ताहव्यापी दिवस अन्तर्गत हेटौँडामा सवारी दुर्घटना न्यूनीकरण तथा लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र मकवानपुर रिकभरिङ समूहको समन्वयमा हेटौँडा–१ चौकिटोलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत सवारी चालकहरूको लापसे तथा मापसे परीक्षण गरिएको थियो। साथै चालक तथा सर्वसाधारणलाई लागूऔषधको दुष्प्रभाव र सुरक्षित सवारी सञ्चालन सम्बन्धी जानकारी प्रदान गर्दै सचेतनामूलक पर्चा–पम्प्लेट वितरण गरिएको मकवानपुर रिकभरिङ समुहका प्रबन्धक निर्देशनक सन्दिप शाक्यले जानकारी दिनुभयाे ।
सडक दुर्घटना न्यूनीकरण तथा लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।






