हेटौँडा, हेटौँडामा यामाहा कम्पनीको ‘मेगा एक्सचेन्ज’ योजना सुरु गरेको छ । मकवानपुरका लागि आधिकारिक विक्रेता राज मोटर्स हेटौँडामा यही माघ ११ गतेदेखि १६ गतेसम्म एक्सचेन्ज एक्सचेन्ज कार्यक्रम सञ्चालन हुने जनाएको छ।

मेगा एक्सचेन्जमा ग्राहकहरूले पुरानो मोटरसाइकल साटेर नयाँ यामाहा मोटरसाइकल वा स्कुटर किन्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै, पुरानो मोटरसाइकलको मूल्याङ्कनसहित ८ हजार रुपैयाँसम्म थप गरिने र बजार मूल्यभन्दा अतिरिक्त ७ हजार रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए।
सञ्चालक श्रेष्ठले ग्राहकलाई लक्षित गरी आयोजना गरिएको यस एक्सचेञ्जबाट लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेका छन्।







