हेटौंडा, हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधीको लागि हिमालयन शेर्पा र मनाङ मस्र्याङदी भिड्ने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लब विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।
शेर्पाले एभिनियर एफसीलाई १-० गोलअन्तरले पराजित गरेको हो । शेर्पाको लागि सुनिल श्रेष्ठले एकमात्र निर्णायक गोल ५२ औं मिनेटमा गरेका थिए । खेलको म्यान अफ दि म्याच शेर्पाका सुनिल श्रेष्ठ भए । उनले नगद १० हजाररुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद १५ र १० लाख प्राप्त गर्नेछ ।
मनाङ मर्स्याङ्दीले एपिएफलाई ट्राइबेकरमा हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड ९बुलेट मोटरसाइकल० तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।