महिला शिक्षक स्लो स्कुटी रेसमा सृजना, शिक्षक दौडमा मुकेश प्रथम

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मकवानपुरको व्यवस्थापनमा जिल्लास्तरीय पुरुष शिक्षक दौड प्रतियोगिता र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ। पुरुष शिक्षक दौड प्रतियोगितातर्फ भानु माध्यमिक विद्यालयका मुकेश चौलागाईं प्रथम हुन सफल भएका छन्।

ADVERTISEMENT

प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका बिजेन लामा द्वितीय, सूर्योदय माध्यमिक विद्यालय राक्सिराङका सुजन कुमार ओझा तृतीय, प्रजाजनजागृती माध्यमिक विद्यालय राक्सिराङ–५ का जयराम पौडेल चौथो तथा सोही विद्यालयका पुजन साह पाँचौँ स्थानमा रहन सफल भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ४ हजार, चौथोलाई ३ हजार र पाँचौँलाई २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगितातर्फ भृकुटी माध्यमिक विद्यालयकी सृजना थिङ्गले प्रथम स्थान हासिल गरेकी छन्। प्रतियोगितामा नवोदय शिशु सदनकी प्रमिता कार्की द्वितीय, भुटनदेवी माध्यमिक विद्यालयकी सरस्वती अधिकारी तृतीय, श्रमिक माध्यमिक विद्यालय हेटौंडाकी रमिका शाक्य चौथो तथा भानु माध्यमिक विद्यालयकी विष्णुमाया नगरकोटी पाँचौँ स्थानमा रहन सफल भएका छन्।

ADVERTISEMENT

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका उपमहासचिव श्रीराम दाहाललगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya