भेटुवाल र पराजुलीलाई दिव्यताराको सम्मान

हेटौंडा, २५ साउन/दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालक समितिमा रहेका दुइजनालाई बधाई शुभकामनासहित सम्मान गरेको छ । हेटौंडा सिमेण्ट उद्योग लिमिटेडको अध्यक्षमा नियुक्त भएका गणेशप्रसाद भेटुवाल र हेटौंडा क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन भएका आनन्दराम पराजुलीलाई दिव्यताराले बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

ADVERTISEMENT

भेटुवाल दिव्यताराको उपाध्यक्ष हुन् भने पराजुली दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष हुन् । बुधबार सहकारीमा एक कार्यक्रमकाबीच सहकारीका संस्थापक अध्यक्ष महालक्ष्मी उपाध्याय डीना, अध्यक्ष डा. गणेश बल लामासहित सहकारीका पदाधिकारी एवम् कर्मचारीलाई बधाई एवम् शुभकामना व्यक्त गरेका हुन् ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी दिव्यताराका संस्थापक अध्यक्ष डीनाले दुवैजनालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् । भेटुवाल मंगलबार मात्रै हेटौंडा सिमेण्टको अध्यक्षमा नियुक्त भएका हुन् भने पराजुली साउनको पहिलो हप्ता हेटौंडा क्याम्पस अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya