हेटौंडा, जीतपुरसिमरामा हुने चौथो हरपुर च्याम्पिसन ट्रफी क्रिकेट प्रतियोगिता खेल्न मकवानपुरका १४ खेलाडीको नाम सार्वजनिक गरेको छ । सुमन सुनारको कप्तानीमा मकवानपुरका १४ खेलाडीको नाम शनिबार मकवानपुर क्रिकेट संघले सार्वजनिक गरेको हो ।
हरपुर क्रिकेट क्लवको आयोजनामा हुने प्रतियोगितामा मकवानपुरसहित ६ टिमको सहभागिता रहेको छ । मकवानपुर क्रिकेट टिममा सुमन सुनार, गौरब खड्का, शुभ कंशकार, आस्तिक दाहाल, विशाल फुयाँल, सक्षम बास्ताकोटी, इरफान अलि,
राम नरेश गिरी, रोहित ठाकुर, असिम श्रेष्ठ, समिर चौलागाई, सुवर्ण भट्ट, युनिश थापा र पियुष शर्मा रहेका छन् ।
फागुन २० गतेबाट सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरले कलैया क्रिकेट क्लवसँग सामना गर्दैछ।
क्रिकेट प्रतियोगिता खेल्नका लागि मकवानपुर क्रिकेट टिम आइतबार जीतपुरसिमरा प्रस्थान गर्ने मकवानपुर क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा कलैया क्रिकेट क्लव, मकवानपुर क्रिकेट क्लव, यूथ क्रिकेट क्लव रहेका छन् भने समूह ‘बी’ मा चितवन क्रिकेट, नेशनल इनफोटेक र आयोजक हरपुर क्रिकेट क्लव रहेको छ ।







