पीएम कप एकदिवसीय पुरुष क्रिकेटका लागि मकवानपुरको टोली घोषणा

हेटौंडा । मकवानपुर क्रिकेट संघले बहुप्रतिक्षित पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश छनोटका लागि आफ्नो आधिकारिक टोली घोषणा गरेको छ।

ADVERTISEMENT

संघले सुमन सुनारको कप्तानीमा सन्तुलित र अनुभवी खेलाडी समेटिएको टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा कप्तान सुमन सुनारसँगै उपकप्तान रिजान ढकाल रहेका छन्। यस्तै शुभ कंसाकार, युबिन बुढाथोकी, तक्षक सिम्खडा, विशाल फुयाल, बिशेष बिक्रम थापा, साकार गजुरेल, सक्षम बस्ताकोटी (विकेटकिपर), रोहित ठाकुर, गोकुल अधिकारी, स्वरुप श्रेष्ठ, आशिम श्रेष्ठ र रोहित बिष्टले टोलीमा स्थान बनाएका छन्। संघले एमडी रजा अहमद, इरफान नदाफ, शिव शक्ति महतो र निमा थोकरलाई वैकल्पिक खेलाडीका रूपमा राखेको जनाएको छ।

टोलीको प्रशिक्षकको जिम्मेवारी अनुभवी प्रशिक्षक राम नरेश गिरीलाई दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya