ग्याँस व्यवसायी संघको साधारणसभामा बिनोदमान श्रेष्ठ सम्मानित

हेटौँडा, मकवानपुर ग्याँस व्यवसायी संघको १३ औँ साधारणसभा सोमबार हेटौँडामा भएको छ । संघको अध्यक्षमा चतुरबहादुर तामाङ (नवीन) को अध्यक्षतामा भएको साधारणसभामा ग्याँस विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिश गोविन्द जोशीको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

संघको साधारणसभामा मकवानपुरका पुराना ग्याँस व्यवसायी बिनोदमान श्रेष्ठलाई सम्मान गरेको छ । प्रमुख अतिथि जोशीले श्रेष्ठलाई दोसल्ला ओडाएर प्रशंसा–पत्र प्रदान गरेका थिए। कोषाध्यक्ष कृष्णबहादुर ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव सुदर्शन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा संघका केन्द्रीय सह-कोषाध्यक्ष मधुसुदन ढकाल, सदस्य रुपक बास्ताकोटी, रमेशप्रसाद कडेँल, साहारा ग्याँसका खड्कबहादुर थापा, नेपाल ग्याँसका जिवन छत्कुली, ग्यास वानका प्रबन्धक सरोज राज ढकाललगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya