हेटौंडा, जनकपुरको मोनास्टिक स्कुलमा भएको दुई दिने वातावरण सम्मेलनमा नवोदय विद्यालयका विद्यार्थीले उत्कृष्ट कार्य प्रस्तुती गरेको छ । नवोदय विद्यालयका रायन खनाल एक्सटेम्पोरि स्पिज र पेपर प्रिजिन्टेसनमा द्वितीय हुँदा नवोदय विद्यालय स्कूल च्याम्पियन घोषित बन्यो ।
नवोदय विद्यालयका परजन्य कुसुवाहा, आयुष चिमरिया, रायन खनाल, सार्थक ढकाल र प्रिन्स गोलेले सहभागिता जनाएका थिए । नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हइलले कार्यक्रम उद्घाटन गरेका थिए । इको क्लव अफ मोनास्टिकले आयोजना गरेको दुई दिन वातावरण सम्मेलनमा बुटवल, काठमाडौं, भक्तपुर, मकवानपुर, बारा, झापा, तनहुँ, धनुषागरी १५ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
‘भविष्यका सन्तानको लागि प्रकृतिको संरक्षण’ भन्ने मूल नारा दिएर आयोजना गरिएको सम्मेलनमा प्रकृतिको संरक्षण सम्बन्धमा माटोका समाग्री निर्माण र प्रदर्शनीमा प्रतिस्पर्धा गराइएको थियो ।