हेटौंडा ८ मा रहेको कमाने एकेडेमीले अभिभावक भेला आयोजना गरेको छ । आइतबार बिद्यालय प्रांगणमा नै विविध सांस्कृतिक कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक दिवस समारोह भएको हो । विद्यालयकी प्रधानाध्यापिका प्रतीभा डंगोलले निजी विद्यालयहरुको भीडमा आफूहरुले फरक तरिकाबाट शिक्षा प्रदान गरिरहेको बताइन् ।
विद्यालयले शिक्षकको क्षमता अभिवृद्धि तथा विद्यार्थीलाई सिर्जनशील बनाउन विद्यालयले आवश्यक कार्य गरिरहेको प्रिन्सिपल प्रतिभा डंगोलले जानकारी दिइन् । विद्यार्थीहरुले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।







