घरजग्गा व्यवसायी संघ र उपमहानगरबीच सहमती, आन्दोलनका कार्यक्रमहरु फिर्ता

हेटौंडा/मकवानपुर घरजग्गा व्यवसायी संघले आफना पूर्व घोषित सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ । बुधबार मकवानपुर उद्योेग वाणिज्य संघमा पत्रकार सम्मेलन गरि सम्पूर्ण घोषित कार्यक्रम फिर्ता लिएको जानकारी गराइएको हो ।

ADVERTISEMENT

जग्गा बर्गीकरणको कामलाई ढिलासुस्ती गरेर आलटाल गरेको भन्दै केहिदिन अघिदेखी व्यवसायी संघले हेटौँडा उपमहानगरपालिकामा तालाबन्दी गर्ने देखीका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आज बुधबार बिहान मेयर, उपमेयर लगाएत सघंका पदाधिकारी र राजनितिक दलका प्रतिनिधिहरु बसेर मंसिर ४ गतेको निर्वाचन पछि जग्गा बर्गीकरणका कामहरुलाई अगाडी बढाउने मौखिक सहमती पछि संघले आफना सबै घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको संघका सल्लाहकार हेम अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नीतिगत निर्णयहरु गर्न समस्या भएकाले आम निर्वाचन पछि बस्ने कार्यपालिकाको पहिलो बैठकले वर्गीकरणका कार्यहरु अगाडी बढाउने तयारी भएको जानकारी दिए ।

यस्तै व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद घिमिरे (ध्रुव)ले उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले व्यवसायीहरुको समस्यालाई नजिकबाट बुझेको र समस्या समाधान गर्न आगामी मंसीर ४ पछि तदारुकता देखाउने वचन दिएपछि आफना घोषित कार्यक्रमहरु फिर्ता दिएको बताए । पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, मकवानपुर घरजग्गा व्यवसायी संघका सल्लाहकार हेम अधिकारी,हेटौडा ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *