हेटौँडा, महालक्ष्मी साहित्य समाजको अध्यक्षमा विनोद खत्री आकाश चयन भएका छन् । संस्थाको तेस्रो अधिवेशनबाट खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ र कोषाध्यक्षमा रूविना राना चयन भएका छन्। सदस्यहरूमा पुरुषोत्तम बस्नेत, पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत रूपमा चयन भएका छन्। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।
संस्थाले आगामी दिनमा साहित्यिक गतिविधिलाई अझ सशक्त बनाउने र स्थानीय स्रष्टाहरूलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ। वि.सं. २०७९ सालमा स्थापना भएको यस संस्थाले संस्थागत साहित्यको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित साहित्यिक श्रृंखला, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मान जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।







