हेटौंडा, हेटौंडा सिटी कलेजका दिनेश खरेलले नेपाल टप भएका छन् । उत्कृष्ट अंक ल्याई खरेल फस्ट सेमेस्टरको नतिजामा खरेलले ८९।९ प्रतिशत अंक ल्याई नेपाल टप भएका हुन् ।
आइतबार कलेजले एक कार्यक्रमका बीच खरेललाई प्रशंसा पत्र सहित कलेजका संस्थापक अनिल पाण्डेले व्यक्तिगत रुपमा २० हजार नगद समेत प्रदान गरिएको थियो । उक्त पुरस्कारबाहेक कलेजले एक सेमेस्टरको मासिक शुल्क समेत मिनाहा गरेको कलेजका प्राचार्य श्री बहादुर कार्कीले बताए ।
कलेजका संस्थापक अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अनिल पाण्डे, कलेजका प्राचार्य श्री बहादुर कार्की, पुरस्कृृत खरेलका बुबा दीपक खरेल, विएससी सिएसआईटी संकायका विभागीय प्रमुख नरेशनाथ योगी, सञ्चारकर्मी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
त्रिभूवन विश्वविद्यालय अन्तरगत विएससी सिएसआईटी संकायमा अध्ययनरत खरेल २०७८का व्याज हुन् । उनी अहिले तेस्रो सेमेस्टरमा अध्यननरत छन् । मकवानपुरमा आईटी क्षेत्रको पहिलो कलेज रहेकाले काठमाडौं पछि विद्यार्थीहरुको रोजाईको कलेज बनी रहेको कलेजका प्राचार्य कार्कीले बताए । कजेलमा नर्सरी देखी स्नातक सम्मको पढाई हुने संस्थापक अध्यक्ष पाण्डेले बताइन् ।
विद्यार्थीहरु अनुशासनमा रहेर पठनपाठनमा लाग्न आग्रहका साथै आईटी विषय खोजमुलक र धेरै कुराहरु सिक्न सकिने रहेकाले आफुलाई पढ्नतर्फ तल्लीन हुन विद्यार्थी समक्ष अनुरोध गरेकी थिइन् ।






