लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट आइतबार बिहान लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धादिङको धार्के गाउँपालिका–४ बस्ने ३४ वर्षीय जिबन मगर र सोही गाउँपालिका–६ महादेबबेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् ।

ADVERTISEMENT

उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा २ सय २३ किलोग्राम पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.२१ च ५२२६ नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका जिबन पिकअप गाडीका चालक हुन् भने प्रदिप गाडीमा सवार व्यक्ति हुन । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *