एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई प्याव्सन मकवानपुरको सम्मान

हेटौँडा, निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मकवानपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। आज हेटौंडामा आयोजित एक कार्यक्रमका बीच प्याब्सन मकवानपुरले ३.६ देखि ४ जिपिए हासिल गर्ने जिल्लाका २५६ जना विद्यार्थीलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा बागमती प्रदेश प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख अतिथिमा विद्यार्थीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका देवकोटाले विद्यार्थीको सफलतामा अभिभावक, शिक्षक र विद्यालय सबैको योगदान हुने दावी गरे । ‘शिक्षा केवल परीक्षा पास गर्नु होइन, जीवन बुझ्ने कला हो र सफलतासँगै जिम्मेवारी पनि बढ्ने हो। अबको यात्रामा अझै बढी मेहनत, अनुशासन र संस्कार आवश्यक हो ।’– उनले भने ।

मकवानपुर जिल्लाबाट जिपिए ४ हासिल गरेका पाँच जना विद्यार्थीलाई जनही नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र, खादा र मायाको चिनो प्रदान गरिएको थियो। सम्मानित विद्यार्थीहरूमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका अनुषा उप्रेती र बिमर्श श्रेष्ठ, बालजागृति इङ्लिस सेकेन्डरी स्कूलकी अनुप्रस्था देवकोटा, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सचिन कुमार यादव र बालज्योति माध्यमिक विद्यालयकी अस्मिता घिमिरे रहेका छन्।

यस्तै, जिपिए ४ सहित सतप्रतिशत नतिजा हासिल गरेको बालजागृति इङ्लिस सेकेन्डरी विद्यालय, सतप्रतिशत नतिजा प्राप्त गर्ने सुनगाभा शिक्षा निकेतन विद्यालय, मकवानपुर बालविद्या सदन विद्यालय, जेम्स इङ्लिस सेकेन्डरी विद्यालय र शारदा माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको थियो। यसैगरी ४ जिपिए प्राप्त गर्ने नवोदय शिशु सदन, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी र बालज्योति माध्यमिक विद्यालयलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा प्याब्सन मकवानपुरबाट प्रतिनिधित्व गर्दै केन्द्रिय प्याब्सनमा निर्वाचित हुनु भएका उपाध्यक्ष आशिष श्रेष्ठ र सहकोषाध्यक्ष ग्रेस श्रेष्ठलाई समेत खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *