विश्व रेडक्रस दिवसमा हेटौँडा एकेडेमीद्वारा रक्तदान कार्यक्रम

हेटौँडा, विश्व रेडक्रस दिवसको अवसरमा हेटौँडा एकेडेमी बाल क्लबको आयोजनामा शुक्रबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ हेटौँडा डिभाइन, नेपाल रेडक्रस सोसाइटी तथा ब्लड बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

ADVERTISEMENT

मानवता, सेवा र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विद्यालय परिवार, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । रक्तदान गर्नेहरूमा विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी, लायन्स क्लबका सदस्य, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि तथा अन्य समाजसेवीरूको सहभागी रहेका थिए ।

हेटौँडा एकेडेमी बाल क्लबका अध्यक्ष रोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लायन्स क्लब अफ हेटौँडा डिभाइनका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका इन्स्पेक्टर बच्चूराम फुयाल तथा विद्यालय व्यवस्थापन समितिकी उपाध्यक्ष अङ्किता सुमार्गीको सहभागिता रहेको थियो । बाल क्लबकी सचिव ज्वनिष्मा बिडारीले कार्यक्रम सहजीकरण गरेकी थिइन् । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा तयारी बाल क्लबका संरक्षक मानसिंह लामाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *