शिवम् सिमेण्टको कर्मचारी आवास क्षेत्रमा आगलागी

हेटौँडा, शिवम् सिमेन्ट उद्योगको कर्मचारी आवासमा आगलागी भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित उद्योगको कर्मचारी आवास क्षेत्रमा करेन्ट सर्ट भई बिहीबार आगलागी भएको हो ।

ADVERTISEMENT

कर्मचारी आवास क्षेत्रमा भएको आगलागी हेटौँडा १६ हटियास्थित अस्थायी प्रहरी पोष्टको प्रहरी टोली, हेटौँडा उपमहानगरपालिकाको दमकल र सिमेन्ट उद्योगका कर्मचारीहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट माईक्रो भिजन, एसी, फ्रिज, किचन चिमनी, स्टिल दराज, डाईनिङ सेट, पंखा, ग्यास सिलिन्डर, फायर सिलिन्डर, फिल्टर, सोफा सेट, ग्रान्डर, ह्वलचियर, टिभी, कार्पेटलगायतका सामान गरी करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *