हेटौंडा, हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ र हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४१० जनाले सेवा लिएका छन् ।
आज भएको मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा मुटुरोग, हाडजोर्नी, नसा रोग, दम तथा अन्य सामान्य रोगहरूको परीक्षण गरिएको थियो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क सेवा र औषधि वितरण गरिएको थियो।
शिविरमा मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट ), अण्ट्रासाउण्ड प्रा.डा. सुमन कर्माचार्य (सिनियर जनरल) फिजिसियन डाक्टरहरू, प्रियन्का रजक, सुनिल शाह, विकास यादव, प्रतीक भट्टराई, श्रवण पण्डितले सेवा प्रदान गर्नुभएको थियो ।
शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मकवानपुर सहकारी अस्पताल र नेपाल ल्याब हाउस एण्ड मल्टिस्पेशालिटी क्लिनिक हेटौंडाले प्राविधिक सहयोग पुर्याएका थिए।






