हेटौँडा, हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । विद्यालयले ४ जीपीए ल्याउने दुई जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ तथा ३.६ जीपीएभन्दा बढी प्राप्त गर्ने विद्यार्थीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।
बिहिबार विद्यालय परिसरमै आयोजित सम्मान कार्यक्रममा ब्रह्मदिक एकेडेमीबाट एसईईमा ४ जीपीए हासिल गर्ने कृष्मा लौडारी र अभास घिमिरेलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा ३.६ जीपीएभन्दा बढी अंक हासिल गर्ने अन्य विद्यार्थीलाई समेत विद्यालयले नगद पुरस्कारसहित सम्मान गरेको जनाएको छ ।








