हेटौंडा उपमहानगरद्वारा २ अर्ब ४३ करोडको बजेट सार्वजनिक

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।उपमहानगरको आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले उक्त बजेट सार्वजनिक गरेका हुन् । उपमेयर बानियाँले पेश गरेको आगामी आर्थिक वर्षको आय व्ययको अनुमान चालु वर्षको तुलनामा करिब १६ प्रतिशत कम हो ।

ADVERTISEMENT

चालु आर्थिक वर्षमा संशोधित अनुमानसहित उपमहानगरले २ अर्ब ९० करोड ६२ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । उपमहानगरले पूर्वाधार क्षेत्र विकास तर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तीय व्यवस्थापनतर्फ साँवा ब्याज भुक्तानीका लागि ४० करोड ६२ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ छ्ट्याइएको छ ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशतले कम बजेट रहेको छ ।

बजेटको सार्वजनिकरण गर्दै उपप्रमुख बानियाँले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमालाई ख्याल गर्दै बजेटको आकार घटाएको जानकारी गराए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *