‘संविधान र व्यवस्था विरोधीहरु निर्वाचनमा परास्त हुन्छन’

हेटौडा/मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्था विरोधीहरुलाई यो निर्वाचनबाट परास्त गरिने बताएका छन् । राक्सिराङ–९ खैराङमा शुक्रबार गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मंसिर ४ गते संविधान र व्यवस्थाको पक्षधर र विरोधीबीच महासंग्राम हुने बताए ।

ADVERTISEMENT

नेकपा एमालेले जनताले ल्याएको उपलब्धीलाई मास्न बारम्बार संविधानमाथि नै प्रहार गरेको बताउँदै राजतन्त्र ब्यूताउन खोज्ने, देख टुक्र्याउन खोज्नेहरुसँग चुनावी तालमेल गरी अघि बढेको एमालेलाई अबको निर्वाचनमा गठबन्धनले परास्त गर्ने बानियाँले बताए । उनले रवि लामिछानेले नेतृत्व गरेको दलले एउटा धर्म र आस्थाको चुनाव चिन्ह घण्टी बोकेर जनतामा भ्रम सिर्जना गरेको भन्दै मतदातालाई सचेत रहनसमेत आग्रह गरे ।

उनले अब बन्ने गठबन्धनको सरकारले जनताको जीवनस्थर परिवर्तन गर्ने बताए । गाँजा विधेयक ल्याएर देशभरका गाँजा ओसारपसारमा परेकाहरुलाई कारागार मुक्त गरिने बानियाँले बताए । विश्व स्वास्थ्य संगठनले नै गाँजालाई औषधिमुलक वनस्पती मानिसकेको अवस्थामा अब गाँजा प्रशोधन गरेर विदेश निर्यात गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उनले बताए ।
उनले गठबन्धनको राजनीति, अवसरका लागि नभई पिछडिएका तथा लोपोन्मुख चेपाङ, भुजेल, जनजाति समुदायको विकास समृद्धि, उत्पादन, रोजगारीको ब्यवस्था गर्नुमा रहेको बताए ।

प्रदेशमा गठबन्धनको सरकार आएसँगैे १० महिनाको अवधिमा खैराङमा मात्रै बहुवर्षीय बाहेक नै ३४ करोड रुपैंया सडक पूर्वाधार, खानेपानी, ग्रामिण विद्युतीकरणलगायत क्षेत्रमा विनियोजन गरिएको बताए । नेकपा एकीकृत समाजवादी राक्सिराङ गाउँपालिका अध्यक्ष दावा लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार विरोध खतिवडा, गठबन्धनका विभिन्न दलका नेताहरु भीमसेन महत, ओम घलान, राजकुमार मल्ल, वनस्तम थि·, चन्द्रबहादुर रुम्बा, मोहन नगरकोटी, राजकुमार बाल्पा थि·, निर्मला हिमडुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २७ जना कांग्रेस प्रवेश
गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *