‘स्कूल क्याप्टेन’ मा निर्वाचितलाई पदभार ग्रहण

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको स्कूल क्याप्टेनमा निर्वाचित प्रितिका कार्कीलाई सोमबार पदभार ग्रहण गराइएको छ । निर्वाचित कार्कीलाई विद्यालयका निर्देशक दीपेश जोशीले सपथ ग्रहण गरेका थिए । शुक्रबार भएको स्कूल क्याप्टेनमा कार्की निर्वाचित भएकी हुन् । कार्कीले २८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सन्देश सिंहले १६१ मत र अङ्किता अग्रवालले १९५ मत प्राप्त गरेका थिए ।

ADVERTISEMENT

कार्कीलाई सपथ ग्रहण गराउँदै विद्यालयका निर्देशक दीपेश जोशी

कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक कर्मचारीको मतदानबाट नेतृत्व चयन गरिएको थियो । विद्यार्थीको नेतृत्व क्षमताको विकास, सामूहिक क्रियाकलापको विकास, व्यक्तित्व विकास, तार्किक क्षमताको विकास, समस्या पहिचान र समाधानको गर्ने उपायको विकास, सिर्जनशीलता तथा कल्पनाशक्तिको विकास हुने भएकाले यसरी नेतृत्व चयनलाई विशेष महत्वका साथ हेरी प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

विद्यालयमा रहेका सबै विद्यार्थीलाई समान व्यवहार गरी विद्यालयको नीति निर्देशनमा रही आफूले विभिन्न कार्यहरु सञ्चालन गर्ने नवनिर्वाचित स्कूल क्याप्टेन कार्कीले बताइन् । स्कूल क्याप्टेनमा रही उत्कृष्ट कार्य गरेकी रेजा विष्टलाई विद्यालयले ‘आउट स्टान्डिङ अफ द इयर’ को रुपमा ट्रफी, फ्रेम र प्रमाणपत्र प्रदान गरेको छ । हाउस क्याप्टेन, भाइस क्याप्टेनलगायतका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । अन्नपूर्ण, धौलागिरी, सगरमाथा र कञ्जनजङ्घा सदनको हाउस क्याप्टेन र भाइस क्याप्टेन, स्पोर्टस क्याप्टेनमा चयन भएका विद्यार्थीलाई विद्यालयका शिक्षक/शिक्षिकाले ब्याज प्रदान गर्नुका साथै नवनिर्वाचित स्कूल क्याप्टेन प्रितिका कार्कीले सपथ खुवाएकी थिइन् । नवनिर्वाचित स्कूल क्याप्टेन प्रितिका कार्कीलाई भने विद्यालय निर्देशक दिपेश जोशीले सपथ खुवाउनुभएको थियो ।

ADVERTISEMENT

यसैगरी नवोदय साहित्यिक बगैँचा बाल क्लवकी अध्यक्ष दर्शना सापकोटा, नेपाली पत्रकारिता क्लवकी अध्यक्ष अनुषा उप्रेती, नवोदय अङ्ग्रेजी क्लवका अध्यक्ष चिराग डङ्गोल, नवोदय बुलेटिनकी अध्यक्ष कृषा श्रेष्ठ, नवोदय सामाजिक क्लवका अध्यक्ष निर्भीक ज्ञवाली, नवोदय विज्ञान क्लवकी अध्यक्ष वृष्टि जैयसवाल, नवोदय गणित क्लवकी अध्यक्ष अल्जिना दङ्गाल, नवोदय सङ्गीत क्लवका अध्यक्ष सुजेन सिंह, नवोदय नृत्य क्लवकी अध्यक्ष अनुष्का बानियाँ, नवोदय नाटक क्लवका अध्यक्ष सुराजमान श्रेष्ठ, नवोदय आर्ट क्लवका अध्यक्ष एलेक्स श्रेष्ठ र नवोदय कम्प्युटर क्लवका अध्यक्ष सौहार्द सुबेदीलाई कार्कीले सपथ खुवाएकी थिइन् ।
विद्यालयका निर्देशक दिपेश जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा भट्टराई, शैक्षिक संयोजक अव्यक्त खनाल, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, पत्रकार गणेश दर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya