मातृभूमि साहित्य समाजद्वारा ८ जना स्रष्टा पुरस्कृत

हेटौंडा, मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका आठ जना स्रष्टा पुरस्कृत भएका छन् । शनिबार भएको मातृभूमि साहित्य समाज मकवानपुरले विविध साहित्यिक कार्यक्रम पुरस्कार वितरण तथा २३ औँ वार्षिक साधारणसभामा ८ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको हो ।

ADVERTISEMENT

शनिबार समाजले नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझीलाई नगद २० हजार रुपैयाँले पुरस्कार प्रदान छ । त्यसैगरी मायादेवी मातृभूमि साहित्य पुरस्कारबाट काठमाडौंकी साहित्यकार सीता विष्टलाई नगद २१ हजार रुपैयाँले पुरस्कार प्रदान गरेको छ । क्षेत्रबहादुर बानियाँ स्मृति मातृभूमि सम्मानबाट मकवानपुरका अग्रज साहित्यकार रमेश मोहन अधिकारीलाई नगद १५ हजार रुपैयाँ, राजकुमार बानियाँ स्मृति मातृभूमि सम्मानबाट रौतहटका साहित्यकार हरिकृष्ण काफ्लेलाई नगद १५ हजार रुपैयाँ, हातेमालो मातृभूमि युवा सृजनशील युवा सम्मानबाट हेटौंडाका राष्ट्रिय गायक सुजिल कर्माचार्यलाई नगद १० हजारले सम्मान गरेको छ ।

मायादेवी मातृभूमि सहित्य सम्मानबाट यस वर्ष बारा कलैयाकी सहित्यकार अप्सरा पुडासैनीलाई १० हजार रुपैयाँ, मञ्जु सुवेदी मातृभूमि सम्मानबाट मकवानपुरकी पत्रकार सम्झना कार्की (नानीमैयाँ)लाई १० हजार रुपैयाँ र मङ्लादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मानबाट हेटौंडाका बाल गायक चिराग डंगोललाई नगद ७ हजार ५ सय रुपैयाँले सम्मान गरेको छ । समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । समाजले विभिन्न विधामा हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।

सम्मान तथा पुरस्कार कार्यक्रम सँगै समाजले आÇनो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए । कार्यक्रममा समाजका संरक्षक ह्यग्रीव आचार्य, सल्लाहकार देवराज
खरेललगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *