मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित

हेटौँडा, जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाबाट गरिने राहदानीको अनलाइन फारम इन्ट्री कार्य केही समयको लागि स्थगित गरेको छ ।

ADVERTISEMENT

कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी गर्दै राहदानी विभागबाट नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया प्रारम्भिक चरणमा रहेको भन्दै प्रशासनले प्राविधिक कठिनाइका कारण यस कार्यालयबाट अनलाइन फारम इन्ट्री गर्ने कार्य केही समयको लागि स्थगित गर्नुपर्ने भएको जनाएको हो ।

कार्यालयबाट अर्को सूचना जारी नभएसम्मको लागि वैकल्पिक व्यवस्था गर्नुहुन पनि प्रशासनले सबैमा आग्रह गरेको छ । (स्रोतः रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya