हेटौंडा, साहित्य सङ्गम मकवानपुर अक्षयकोष निर्माणमा ५ हजार रुपैयाँ र सो भन्दा बढी सहयोग गर्ने ६४ जना व्यक्तिलाई सम्मान गरेको छ । शनिबार भएको साहित्य सङ्गम मकवानपुरको ३३८ औँ नियमित साहित्य सन्ध्यामा अक्षयकोषमा सहयोग गर्ने ६४ जना व्यक्तिलाई सम्मान गरेको हो ।

साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा डिवि बर्तौलाको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले अक्षय कोष निर्माण गरेको हो । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिवि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । साहित्य सङ्गम मकवानपुरको अक्षय कोषमा ४ लाख ५ हजार ५ सय ७६ रुपैयाँ सड्ढलन भइसकेको छ । सड्ढलित रकमलाई अक्षयकोषमा जम्मा गराई सोबाट प्राप्त व्याजमार्फत् संस्थाको साहित्य सन्ध्या, पुस्तक विमर्श, रचना वाचन जस्ता नियमित गर्ने कार्यक्रम तथा आन्तरिक खर्च व्यवस्थापनमा सघाउ पुग्ने र यसबाट साहित्यिक उन्नयनमा सहयोग पुग्ने अध्यक्ष बर्तौलाले बताए ।

कार्यक्रममा किसन पौडेल, ठाकुरराम भण्डारी, इभानी रानाभाट, मिथिला अधिकारी, रचना भण्डारी, रजनी पौडेल, सुदर्शन अधिकारी, विष्णु गौतम, चेतप्रसाद पौडेल, केशव न्यौपाने, शोभा थापा, देवराथ तिवारी, सुवास सजन, छवि अनित्य, स्वस्तिका बानियाँ, कृतिका लौडारी, सायुज्य देवकोटा, प्रसिद्धी लामिछानेले रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुलसी घिमिरे, प्रगतिशिल लेखक संघ मकवानपुरको अध्यक्ष श्रीराम अधिकारीलगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।







