राष्ट्रिय लोक नृत्यमा धादिङको एड्भान्स एकेडेमी प्रथम

हेटौंडा, १८ भदौ/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बागमती प्रदेश समितिको आयोजनामा शनिबार हेटौंडामा भएको प्रदेशस्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगितामा धादिङ जिल्लाको एड्भान्स एकेडेमी प्रथम भएको छ ।

ADVERTISEMENT

प्रदेशस्तरीय छनौट प्रतियोगितामा प्रदेशका ९ जिल्लाका १९ वटा समूहले सहभागिता जनाएको थियो । प्रतियोगितामा थ्रीस्टार सेकेन्डरी स्कुल भक्तपुर द्वितीय, नारायणी विद्या मन्दिर स्कूल चितवन तृतीय, भ्याली पब्लिक स्कूल ललितपुर चौथो र रिलायन्स इंग्लिस सेकेण्डरी स्कूल हेटौंडा पाँचौ भएको छ । प्रतियोगितामा प्रथम भएको एड्भान्स एकेडेमीले भदौ २५ गते पोखरामा केन्द्रीय प्याव्सनद्वारा आयोजना हुने प्याव्सनराष्ट्रिय लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउने छ । प्रदेश छनौट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई प्याव्सनले शिल्ड, मेडल प्रदान गरेको छ ।

प्याव्सन प्रदेश कार्यसमितिका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले मानसिक अस्वस्थ भएका व्यक्तिलाई पनि नृत्यले शारीरिक रुपमा स्वस्थ्य बनाउने बताए । ‘जो मानिस नाँच्न, हाँस्न, गाउँन सक्दैन त्यस्ता व्यक्तिहरु डिप्रेसनमा जान्छन्’, श्रेष्ठले भने, ‘नृत्य पौराणिक कालदेखि चल्दै आएको हो । चाडपर्व मनाउँदा पनि हामीले साँस्कृतिक कार्यक्रम गर्दै आइरहेका छौं ।’ देशका विभिन्न स्थानमा अध्ययनरत विद्यार्थीहरुमाझ परिचय स्थापित गराई आपसी सद्भाव र भाईचाराको विकास गर्ने, विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।
कार्यक्रममा प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, केन्द्रीय सदस्य मदन दाहाल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya