हेटौंडा, द भ्वाइस किड्स नेपाल सिजन–५ को लाइभ राउन्डमा उत्कृष्ट प्रस्तुति दिएका मकवानपुरका बालप्रतिभा अर्मान कार्की अहिले दर्शकको भोटिङको प्रतीक्षामा छन्।
कोच अर्जुन सापकोटाको टिमबाट प्रतिस्पर्धा गरिरहेका अर्मानले लाइभ राउन्डमा “मैले गीत छोडी आएँ” बोलको चर्चित गीत प्रस्तुत गर्दै दर्शक र कोचहरूको मन जित्न सफल भएका छन्। सुरिलो स्वर, गीतको भावअनुसारको अभिव्यक्ति र आत्मविश्वासपूर्ण प्रस्तुतीका कारण उनको गायनको व्यापक प्रशंसा भइरहेको छ।
लाइभ राउन्ड प्रसारणपछि सामाजिक सञ्जालमा पनि अर्मानको प्रस्तुतिले सकारात्मक प्रतिक्रिया बटुलेको छ। अब अर्मानको आगामी यात्रा दर्शकको भोटमा निर्भर रहने भएकाले खल्ती एपमार्फत भोटिङ गरिदिनु हुन कार्कीको परिवारले अनुरोध गरेका छ्न। भोटिङ खुला भइसकेको छ।







